newskoseli.Com

एकताबारे एमाओवादीमा छलफल

एकीकृत नेकपा (माओवादी) को स्थायी समिति बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा छलफल सुरु भएको छ ।

बिहीबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ ।

बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर