newskoseli.Com

गोविन्द केसीको अनसन बेमौसमी बाजा : दीक्षित

नागरिक समाजका अगुवा एवम् चिकित्सक डा. सुन्दरमणि दीक्षितले डा. गोविन्द केसीको आमरण अनसनलाई ‘बेमौसमीे बाजा’ को संज्ञा दिएका छन् ।

‘एकातिर भूकम्पपीडित जनताको बेहाल छ र अर्कोतिर संसद अवरुद्ध छ’ संवाद क्लब नेपालद्वारा बुधबार राजधानीमा आयोजित अन्तर्संवाद कार्यक्रममा बोल्दै डा. दीक्षितले भने– ‘त्यसैले केसीका माग पूरा गर्ने सरकार नै अस्थिर भएका बेला उनले अनसनका नाममा बेथिति भित्र्याएका छन् ।’

‘अस्पताल परिसरभित्र आन्दोलन गर्न नपाइँने व्यवस्था हुँदाहुँदै पढ्न आएका विद्यार्थीलाई आन्दोलनमा उतारेर केसीले कस्तो संस्कार विकास गर्दै छन्’, डा. दीक्षितले प्रश्न गरे– ‘यदि केसीले अनसन बस्ने हो भने पहिल पदबाट राजीनामा दिऊन्, उहाँ तयार हुनुहुन्छ ?’

केसीको अनसनका बहानामा चिकित्सकहरुले सेवा ठप्प पार्दा बिरामीले उपचार नपाएको भन्दै अस्पताल डाक्टरका लागि नभएर बिरामीको लागि भएको तर्क दीक्षितले गरे । केसीविरुद्ध बोल्नेजति सबै ‘माफिया’ भएको भन्दै नेपाली मिडियाले नै एकलौटी रुपमा केसीको समर्थन गरेको दीक्षितको आरोप छ ।

सोही कार्यक्रममा बोल्दै मनमोहन मेमोरियल कलेज व्यवस्थापन समितिका सचिव डा. रामबहादुर अधिकारीले जनतालाई गुणस्थरीय स्वास्थ्य सेवा पाउने अधिकारबाट डा. गोविन्द केसीले वञ्चित गर्न खोजेको आरोप लगाए ।

वर्षेनि हजारौं विद्यार्थी डाक्टर अध्ययनका लागि विदेशिन्छन्, ती विद्यार्थीलाई नेपालमै रोक्नका लागि नेपालमै मेडिकल कलेज खोल्न लाग्दा केसीले गरेको विरोधको कुनै औचित्य नभएको उनको दावी छ ।

सम्पूर्ण पूर्वाधार तयार पारिसकेपछि सञ्चालन अनुमति नपाउँदा आफूहरु अप्ठ्यरोमा परेको भन्दै करोडौं लगानी डुब्न लाग्दा समेत केसी बेखबर बनेको उनको गुनासो छ ।

केसीका कतिपय जायज माग पूरा गराउन आफूहरु समेत आन्दोलनमा होमिन तयार रहेको बताउँदै भनले सम्पूर्ण प्रक्रिया सकेर सञ्चालनको पर्खाइमा रहेका मेडिकल कलेज सञ्चालन गर्नुहुन्न भन्ने केसीको माग गर्भाधारण भैसकेपछाडि जनसंख्या धेरै भयो त्यसैले बच्चा पाउनुहुन्न भनेजस्तै भएको उनको तर्क थियो ।

जस्तोसुकै विषयलाई लिएर पनि आमरण अनसन बस्दिँनाले गलत संस्कार विकास भएकोे भन्दै तत्काल केसीले आफ्ना माग नसच्याए साउन ७ देखि आफूहरु पनि आमरण अनसन बस्ने चेतावनी अधिकारील दिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै डा. गोविन्द केसीको आन्दोलनका समर्थक अभियन्ता डा. जीवन क्षेत्रीले सरकारले पटक–पटक माग पूरा गर्ने आश्वासन दिने तर कार्यान्वयन नगर्ने गरेकाले बाध्य भएर डा. केसीले आठौं पटक आमरण अनसन बस्नु परेको बताए ।

नेपालको वर्तमान मेडिकल शिक्षा सहरकेन्द्रित र सीमित धनीहरुको पहुँचमा मात्र भएकाले त्यसलगायत मेडिकल शिक्षाका सबै बेथितिविरुद्ध डा. केसीको अनसन भएकाले त्यसमा सबै जनताको साथ रहेकाले सरकार बाध्य भएर सहमतिमा आउने दावी उनले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर