newskoseli.Com

अाइसीयुबाट सिधै सर्वाेच्च जाँदै दीक्षित

भ्रष्टाचारकाे अाराेपमा अख्तियारले छानबिनका लागि नियन्त्रणमा लिएका पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलार्इ अख्तियारले हिरासतमा लिनुकाे कारण सहित तीनदिन भित्र सर्वाेच्च अदालतमा उपस्थित गराउन अख्तियारलार्इ अादेश दिएकाे छ ।

दीक्षितकी श्रीमती शान्ता दीक्षितले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै प्रधानन्यायाधीश शुसिला कार्कीको एकल इजलाशले बन्दीसहित अदालतमा हाजिर गराउन आदेश दिएको हो। सर्वोच्चको यो आदेशपछि दीक्षितलाई थुनामै राखी अनुसन्धान गर्ने वा धरौटीमा राखेर मुद्दा दायर गर्ने भन्ने विषयमा बहस हुनेछ। अख्तियारले दीक्षितलाई सोमबार अदालत पेश गर्नुपर्ने छ।

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा संविधान र कानुनले थुनाबाहिर रहे पनि छानबिन गर्न सक्ने अवस्था हुदाँहुँदै पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर गरिएको थियो।

 

यसअघि विशेषका न्यायाधीश मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले उनलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर