newskoseli.Com

भाडा असुल्ने, कर नतिर्ने ७० प्रतिशत घरबेटीहरूप्रति सरकारी बेवास्ता किन ?

काठमाडौं महानगरपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर नबुझाएको उल्लेख गरेको छ । स्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिव १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ ।

आर्थिक वर्ष २०७२/७३ को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ घरधनीले घरजग्गा कर बुझाएका थिए । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७६ हजा ४ सय ३७ घरधनीले धरजग्गा कर बुझाएको उल्लेख छ ।

तर, नक्सा पासको रेकर्डका हिसाबले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढी घर तथा भवन रहेका छन् । जसमध्ये गत आर्थिक वर्ष भूकम्पका कारण घर कोल्याप्स हुँदा करिव ५ हजार पुराना नियमित घरजग्गा करदाता घटेका थिए । त्यस्तै महानगरपालिकाभित्रका करिव ३ हजार घर तथा भवनलाई कर नलाग्ने बताइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर