newskoseli.Com

संसद बैठक अनिश्चत, मुठभेडको खतरा, मर्यादापालकको संख्या बढाइयो

संसदमा पहिले बजेटसँग सम्बन्धित विधेयकहरूमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्नेमा दलहरु आ–आफ्नै अडानमा रहेपछि बिहीबार बोलाइएको संसद बैठक अनिश्चित बनेको छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचीमा छलफल हुन नसक्ने अडान राखेका छन् ।

उता सत्ता नेतृत्व गरेको एमालेले भने अविश्वासको प्रस्तावअघि बजेटसँग सम्बन्धित विधेयकमाथि छलफल चलाउन दबाब दिने निर्णय गरेको छ । यसैकारण संसदको बैठक भीडन्तमा परिणत हुने देखिएको छ ।

दलहरुले आ–आफ्नो अडान नछाड्दा संसद बैठकमा के हुन्छ भन्ने अन्यौल बढेको छ । संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मर्यादापालकको संख्या बढाइएको छ ।

दलहरुका बीचको विवादमा संसदभित्र अप्रिय घटना हनु नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या बढाएको हो ।

यसअघि ९ सय १ जना खटिँदै आएकोमा अहिले थप ३० जना मर्यादापालक खटाइन लागेको छ । बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर