newskoseli.Com

भूकम्पपीडितको खातामा पुगिसक्यो १० करोड

सरकारले नुवाकोटका भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम प्रदान गर्न थालेको छ । यसै सातादेखि पीडितको खातामा पहिलो किस्ताबापत ५० हजार रूपैयाँ प्रदान गर्न थालेको हो ।

नुवाकोटका निजी आवास अनुदानका लागि ३० हजार ९ सय ४४ भूकम्पपीडितसँग सम्झौता भएको छ । सरकारको तथ्याङ्कअनुसार जिल्लामा ६५ हजार ७ सय ७३ भूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा छ ।

अहिलेसम्म २ हजार ३९ परिवारका लागि १० करोड १९ लाख ५० हजार रूपैयाँ प्रदान गरिएको छ । बैंकले उक्त रकम पीडितको खातामा राखिदिइसकेको छ । मनकामना, तलाखु, लच्याङ, जिलिङ, बुधसिङ गाविसको लाभग्राहीका लागि पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत पीडितको खातामा राखिदिएको जिविस नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए ।

तलाखु गाविसका ७ सय १० परिवारका लागि ३ करोड ५५ लाख, लच्याङ गाविसका २३ परिवारका लागि ११ लाख ५० हजार, जिलिङ गाविसका ५ सय ५२ परिवारका लागि २ करोड ७६ लाख निकासा भएको भूकम्पीय पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकार्इ नुवाकोटले जनाएको छ ।

यस्तै बुधसिङ गाविसका ५ सय ४६ परिवारलाई २ करोड ७३ लाख, मनकामना गाविसका २ सय ८ परिवारका लागि १ करोड ४ लाख पीडितको खातामा पठाइएको हो । नुवाकोटका ११ वटा गाविसमा विभिन्न समस्याका कारण अनुदान सम्झौताको अभियान अघि बढ्न सकेको छैन । घ्याङफेदी, सामरी, बुङताङ, गणेशस्थान, काहुले, तुप्चे, थानापति, सूर्यमति, पञ्चकन्या, थानसिङ र शिखरबेंसी गाविसमा अनुदान सम्झौताको काम अघि बढ्न नसकेको हो । शिखरबेंसी गाविसमा गुठीको जग्गा धेरै भएकाले सरकारले गुठीको समस्या समाधान गर्न नसकेका कारण अनुदान सम्झौतामा ढिलाइ भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर