newskoseli.Com

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अत्यावश्यक : बाबुराम

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार चल्न नदिइएको उल्लेख गर्दै यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने जिकिर गरेका छन् ।

संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताउँदै उनले संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको बताउँदै यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको औँल्याए ।

महोत्तरीको बर्दिबासमा बिहीबार पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा. भट्टराईले उक्त कुरा बताएका हुन् । भट्टरार्इले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर