newskoseli.Com

पीडितसँग प्रहरीद्वारा उल्टै २० लाख असुली

प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।
परिसरमा वैदेशिक रोजगारसम्बन्धी गठीमा निवेदन दिएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खड्का उपर छानबिन सुरु भएको हो।
परिसरका अनुसार तीन महिनाअघि वैदेशिक रोजगार पीडित भएर कुवेतबाट नेपाल फर्किएकी सुनसरीकी सुनिता तामाङसँग अनुचित लाभ लिएको सूचनापछि ज्ञवाली र खड्काविरुद्ध अनुसन्धान सुरु भएको हो।
परिसरमा १५ दिनअघि निवेदन दिएकी तामाङलाई कुबेत पठाउने व्यक्तिविरुद्ध मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउनै भन्दै अन्य दुई बिचौलियाको सहयोगमा २० लाख रुपैयाँ असुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।
दुवै प्रहरीले आपसमा मिल्ने भनेपछि दुई लाख रुपैयाँ पीडितलाई दिलाएको बताउँदै आएको अनुसनधान गरिरहेका परिसरका अधिकारीले बताए। नागरिक दैनिकमा समाचार छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर