newskoseli.Com

रुन मात्रै जान्ने महिलालाई लड्न सिकाउने माओवादी : महासचिव थापा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव रामबहादुर थापाले रुन मात्र जान्ने महिलालाई लड्न सिकाउने माओवादी जनयुद्ध नै भएकाे बताएका छन् । उनले उत्पीडित वर्गको मुक्तिका लागि माओवादीहरुबीच एकता हुनुपर्ने समेत बताए ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.द्वारा राजधानीस्थित संवाद डबलीमा आयोजित ‘अवार्ड घोषणा तथा मायाको चिनो वितरण’ कार्यक्रममा बोल्दै महासचिव थापाले नेपालका माओवादी आधा दर्जनभन्दा बढी संख्यामा विभाजित हुनुले उपेक्षित र उत्पीडित समुदायको अधिकार स्थापित हुन नसकेको चर्चा गरे । नयाँ संविधानले ती अधिकारहरुको ग्यारेन्टी गर्न नसकेको समेत उनले बताए ।

‘नयाँ संविधानले महिला, दलित, आदिवासी जनजाति तथा मधेसी समुदायको अधिकारलाई स्थापित गर्न सकेन’, थापाले भने– ‘त्यसैले माओवादी शक्तिहरुबीच छिट्टै एकता गर्नुको विकल्प छैन ।’ उनले भने– ‘रुन मात्र जान्ने महिलालाई लड्न सिकाउने माओवादी जनयुद्ध नै हो । त्यसैले संविधानमा उनीहरुका अधिकारलाई पूर्ण रुपमा स्थापित गर्न माओवादीहरुबीचको एकताले मात्र सम्भव हुन्छ ।’

कार्यक्रममा लिम्बू समुदायबाट आएर सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका झन्डै दर्जन कलाकारहरु पुरस्कृत भए । समाजसेवी रामकुमार लिङ्देन, कलाकारहरु राजकुमार लिङ्देन, उपासना नेम्बाङ, राजु घिमिरे, उदय सुब्बा, दिलिप ठकुरीलगायतलाई एफएलएफ मायाको चिनो प्रदान गरियो ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले एफएलएफ अवार्ड– २०७३ को पनि घोषणा गरेको छ । अवार्ड लिम्बू भाषा तथा संस्कृतिमा बनेका फिल्मसमा आधारित रहेको फिल्मसका निर्देशक दिनेश लिङ्देनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर