रातभर परेको पानीले नवलपरासीको सदरमुकाम परासी डुबानमा परेको छ । डुबानका कारण स्थानीयलाई हिडडुलमा समेत समस्या भएको छ ।
सदरमुकाम परासी भएर बग्ने झराही खोलामा ठूलो बाढी आएको छ । सदरमुकाम परासीमा पानीको निकास नभएका कारण परासीको मुख्य चोकका साथै सडक छेउछाउको भूभाग डुबानमा परेको छ ।
त्यसैगरी नवलपरासीको बेनिमणिपुर ६ पनि डुबानमा परेको छ । बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ पुरै डुबानमा परेको छ । बाढीले बाख्रा तथा कुखुराहरु बगाएको स्थानीयले बताएका छन् ।
त्यसैगरी नवलपरासीको वेनिमणिपुर ३ को बालुचिरा गाउंमा १५र१७ घर डुबानमा परेको स्थानीय बताए । उता नवलपरासीको हरपुर क्षेत्र पनि डुबानमा परेको छ ।
तस्वीर: सरु शर्माको फेसबुकबाट