newskoseli.Com

स्थिरताविरुद्धको षड्यन्त्रस्वरूप सरकार परिवर्तन : प्रम ओली

k’iknfn :d[lt lbj; k|wfgdGqL s]kL zdf{ cf]nL g]kfn sDo’lg:6 kf6L{sf ;+:yfks dxf;lrj k’iknfnsf] #* cf}F :d[lt lbj;sf cj;/df z’qmaf/ lslt{k’/df /x]sf] k’iknfnsf] ;flnsdf k’iku’R5f ck{0fkl5 cjnf]sg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री केपी शर्मा अाेलीले अहिले चलिरहेकाे सरकार परिवर्तनकाे प्रक्रिया ‘नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र’ भएको अाराेप लगाएका छन् ।

पुष्पलाल श्रेष्ठको ३८औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बाेल्दै अाेलीले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको समेत बताए । उनले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माणका काममा प्रतिपक्षीलगायतका दलले अवरोध गरेकाे बताए ।

प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उनको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरेकाे दावी गर्दै देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

“हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौं, त्यसमा पराजित हुँदैनौं’, अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने– माओवादीले देश तथा जनतालाई धोका दिएको छ, केही समयमा नै उसले पश्चात्ताप गर्नेछ ।”

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख ३ दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिए ।

पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल, प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईलगायतले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गरे । पुष्पलालको सालिकमा माल्यार्पण गरेर सुरू गरिएको उक्त कार्यक्रममा ‘पुष्पलाल’ र ‘नवयुग’ पत्रिकाको विशेषाङ्क विमोचन समेत गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर