
गतवर्षको भूकम्पपछि सयौंको संख्यामा आएका परकम्पनहरूको क्रम अझै जारी छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर शुक्रबार गोरखा भूकम्पको परकम्प गएको छ ।
दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्पन गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ६५ परकम्प गएको केन्द्रले जनाएको छ ।