newskoseli.Com

सत्तापक्ष–विपक्षका कार्यसूचीमा छलफल गर्नेगरी सुल्झ्यो संसदको विवाद

अविश्वासको प्रस्तावउपर छलफल गर्ने भनिएको बिहीबारको संसद बैठक अवरूद्ध हुनेगरी शुक्रबार अपराह्नसम्म कायम गतिरोध टुंगिएको छ । व्यवस्थापिका–संसदमा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएपछि गतिरोध टुंगिएको हो ।

प्रमुख ३ दलका शीर्ष नेताबीच शुक्रबार भएको छलफलमा अविश्वास प्रस्तावभन्दा अगाडि बजेटआश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएको छ । दुवै प्रस्ताव एकै कार्यसूचीमा समावेश हुनेछन् ।

सहमतिअनुसार शुक्रबार दिउँसो २ बजे तोकिएको संसद्को बैठक अपराह्न ४ः३० मा बस्ने र त्यसमा बजेटआश्रित विधेयकमाथिको छलफल हुने वार्तामा सहभागी उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसूचीमा समझदारी भएको बताउँदै ती विधेयक टुङ्गो लागेपछि अविश्वासको प्रस्तावमा शुक्रबारै छलफल हुने जानकारी दिए ।

सभामुख ओनसरी घर्तीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा शीर्ष नेताको बैठक आह्वान गरेकी थिइन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे । सहमतिबमोजिम आर्थिक विधेयक, २०७३ सहित ३ विधेयक टुङ्गो लगाइएपछि शुक्रबारै अविश्वासको प्रस्तावमा छलफल हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर