newskoseli.Com

अविश्वास प्रस्तावमा छलफलअघि नै सरकार अल्पमतमा !

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल सुरु नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संसदबाट वैधानिक रुपमै अल्पमतमा परिसकेको पुष्टि हुने भएको छ ।

बिहीबार दिउँसो ११ बजे अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने संसदको कार्यतालिकाले यसअघि नै छलफलको क्रममा रहेका बजेटआश्रित विधेयकहरुको पालो मिचेको भन्दै एमालेले बैठक बस्न नदिएपछि झन्डै २ दिन संसदको बैठक अवरुद्ध हुन पुग्यो । संसदको गतिरोध खोल्न भन्दै बिहीबार र शुक्रबार गरी ३ ठूला पार्टीका शीर्ष नेताहरु झन्डै आधा दर्जनपटक पटक बैठक बसे ।

अन्ततः शुक्रबार अपराह्नको त्रिदलीय बैठकले साढे ४ बजे संसदको बैठक बस्ने र पहिले बजेटआश्रित ३ वटा आर्थिक विधेयहरुमाथि छलफल गरेर लगत्तै अविश्वासको प्रस्तावमाथि छलफल थाल्ने सहमति कांग्रेस, एमाले र माओवादीबीच भयो ।

तर, सहमतिलगत्तै राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि साढे ४ बजे बस्ने भनिएको बैठक अझै सुरु भएको छैन । आफूहरुले समर्थन गरेर सरकारी विधेयकहरु पारित गरिदिँदा ओली सरकार बहुमतमै रहेको पुष्टि हुने र त्यसैलाई बहाना बनाएर एमालेले ‘अर्को बखेडा झिक्ने’ भन्दै कांग्रेस–माओवादीले आर्थिक विधेयकहरुका विरुद्ध मतदान गरी तिनलाई असफल तुल्याएर सरकार अल्पमतमा परिसकेको पुष्टि गर्ने निर्णय लिए ।

कांग्रेस–एमालेले यस्तो निर्णय लिएको सुइँको पाएलगत्तै एमालेले पनि आफू बच्ने नयाँ उपाय खोज्न थालेकाले बैठक सुरु हुन ढिलार्इ भएको एक माओवादी नेताले न्युजकोसेलीलाई बताए ।

उता, ती विधेयक असफल गराइए अविश्वासको प्रस्तावमा छलफल सुरु नै हुन नदिई संसदको बैठक अन्त्य गर्ने तयारीमा एमाले जुटेको ती नेताको भनाइ छ ।

यसरी कांग्रेस–माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सुरु भएको राजनीतिक अन्योलता झन् गहिरिएको छ । छिनछिनमा बदलिइरहेका परिदृश्यहरुले नेपालको राजनीतिलाई कुन मोडमा पुर्याउने हुन् अझै केही भन्न नसकिने स्थिति कायम छ ।

बिही

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर