newskoseli.Com

संसदमा औपचारिक रूपले पेस भयो ओलीविरुद्धको अविश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अाैपचारिक रूपले अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष पेस गरेका हुन् । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर