newskoseli.Com

कांग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’ : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनका आधारमा नयाँ बन्ने सरकारलार्इ जगबिनाको गजुरको संज्ञा दिएका छन् ।

शनिबार राजधानीमा एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने दावी गरे ।

उनले कांग्रेस र माओवादी बीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गरे । अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको भट्टरार्इकाे भनाइ छ । उनले भने–“एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहिँदैन भन्ने हामीलाई थाहा छ । नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भए राष्ट्रपति वा सर्वाेच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौं । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो । त्यही स्थानमा बस्न हामी तयार छौं ।”

भेलामा प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ र राजेन्द्र अर्याल, उपत्यका पेसागत बुद्धिजीवी जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको पनि सहभागिता रह्यो । इलाका अध्यक्ष टङ्क पन्तले भदौ ४ मा इलाका अधिवेशन गरिने जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर