newskoseli.Com

सरकार बनाउने–गिराउने खेल देश र जनताको अहितमा : बाबुराम

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताएका छन् । नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सो कुरा बताएका छन् ।

जनअपेक्षाअनुरुप देशलाई आर्थिक समृद्धि र विकासमा लैजानुपर्नेमा पुराना राजनीतिक दलहरू पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहने कुरा देश र जनताको हितविपरीत भएको आरोप भट्टरार्इले लगाए ।

विगत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम हुनुपर्ने धारणा उनले राखे। नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तर्निर्भरता भएमा मात्र देश सबल बन्ने उनको भनाइ छ ।

अब बन्ने सरकारले विद्यमान मधेसी, जनजातिलगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कनलगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर