साँझ ५ बजेपछि पुनः बसेको संसदको आइतबारको दोस्रो बैठकमा सदनलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
उनीविरूद्ध संसदमा प्रस्तुत अविश्वासको प्रस्तावउपर ३ दिनसम्म छलफल भएपछि छलफलका क्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै र आफ्नो प्रधानमन्त्रीत्वकालमा भए–गरेका कामको संक्षिप्तमा फेहरिस्त प्रस्तुत गर्दै सम्बोधनको अन्त्यमा ओलीले राष्ट्रपतिसमक्ष अाफूले राजीनामा पेस गरिसकेको घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष ओली असोज २४ गते नेपालको ३८औं प्रधानमन्त्री बनेका थिए । सम्बोधनका क्रममा ओलीले नयाँ सरकार गठनका लागि कुनै संवैधानिक अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि समेत राष्ट्रपतिसमक्ष सिफारिस गरेको संसदलाई जानकारी गराउँदै भने ‘अब नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला भएको छ ।’