
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार अनसन तोडे पनि आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।
आफूले उपचार गर्दै आएका तीन बिरामीको हातबाट सोमबार जुस पिएर अनसन तोडेका डा. केसीले यो आन्दोलन प्रारम्भिक चरणको मात्रै भएको बताए ।
‘सबै नेपालीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य पुर्याउनुपर्छ भनेर मैले आन्दोलन गरेको हुँ,’ डा. केसीले भने, ‘अहिलेको सहमति पूरा हुन्छ कि हुँदैन हेरौं । भएन भने झन् सशक्त आन्दोलन हुन्छ ।’
हालसम्म केही नखाई आमरण अनसन बसेर आन्दोलन गरे पनि अबदेखि खाएर सशक्त आन्दोलन गर्ने डा. केसीले बताए ।
राजनीतिक दलका नेताहरु माफियाको पक्षमा गएको भन्दै उनले अब युवाहरु जाग्नुपर्ने बताए ।