
राजनीतिक सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधाअड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले सो आह्वान गरेकी हुन् ।
“राष्ट्रपतिले राजनीतिक सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ”– राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि सोमबारै राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् ।