newskoseli.Com

बाबुको स्मृतिमा अक्षयकोष स्थापना

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाका समाजसेवी शिक्षाप्रेमी, केसी ब्रदर्शका सञ्चालकले आफ्ना पिताको स्मृतिमा स्थानीय एक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा अध्ययनरत गरिब, विपन्न एवम् जेहेन्दार विद्यार्थीको शैक्षिक विकासमा टेवा पु¥याउन उनीहरूले नेपाल आदर्श उच्च मावि, शिवपुरमा सो अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन् । स्वर्गीय बुबा दीर्घबहादुर केसीको स्मृतिमा उनका छोरा अर्जुन केसी, गणेश केसी र रामचन्द्र केसीले विद्यालयलाई संयुक्तरूपमा रु. पाँच लाख रकमको अक्षयकोष स्थापना गरेका हुन ।

विद्यालयको वार्षिकोत्सवका अवसरमा उनीहरूले सो अक्षयकोषको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखे्रलले बताए । उनीहरूले विद्यालयमा अक्षयकोष खडा गरेर केसी ब्रदर्शले उदाहरणीय कार्य गरेको बताए । विद्यालयमा पाँच लाखको अक्षयकोष खडा गर्ने तीन दाजुभाइले आफूहरुले विद्यालयमा रहेका अति गरिब, विपन्न एवम् जेहेन्दार विद्यार्थीलाई मध्यनजर गरेर बुबाको नाममा यो अक्षयकोष खडा गरेको बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर