newskoseli.Com

डढेल्धुरामा आगलागी, नियन्त्रणमा आउन सकेन

डडेल्धुरामा शुक्रबार बिहान ७ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । डडेल्धुराको बागबजारमा बिहान एक्कासि लागेको आगोलाई नियन्त्रणमा लिन प्रहरी, सेना र स्थानीयवासीको सक्रियता भए तापनि नियन्त्रणमा आउन सकेको छैन ।

अमरगढी नगरपालिकाको दमकल बिग्रेका कारण विहान करिब ८ बजेर १० मिनेटमा मात्रै दीपायलबाट दमकल हिँडेको दीपायल सिल्गढी नगरपालिकाका लेखा अधिकृत रमेश जोशीले जानकारी दिए ।

जोशीले डडेल्धुराबाट खबर नै ढिला आएपछि दमकल पठाउन ढिला भएको बताए । बिहान ७ बजे बागबजारको गुड्डी पसलबाट सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

एकपछि अर्को पसल जल्ने क्रम भइरहेको डडेल्धुराबाट स्थानीयवासी आकाश उपाध्यायले जानकारी दिएका छन् । अहिलेसम्म आगो नियन्त्रणमा नआउँदा ठूलो क्षति भइरहेको छ । बागबजारमा भएका पसललाई खाली गर्ने क्रम जारी रहेको र सिल्गढीबाट हिँडेको दमकल आधीबाटो सम्म मात्र पुगेको र सो नपुग्दासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थानीयवासी आकास उपाध्यायले राससलाई जानकारी दिए ।
आगो निभाउने क्रममा नेपाली सेनाका तीनजना जवान पनि घाइते भई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ भने आगो झन्झन् फैलिरहेको बताइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर