राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद समेत ग्रहण गरिन् । उनले जीवित देवी कुमारीको पनि दर्शन गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गरेका थिए । भोटोजात्रास्थलमा प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।
ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी भएका थिए ।
सो अवसरमा गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हीरामोती जडित भोटो रथलार्इ चारै दिशाबाट देखाएका थिए । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ ।