नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आइतवार मनोनयन गर्नुभएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार विज्ञप्ति जारी गरी काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जानकारी दिए।
उनलाई काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘डिना’ नेपाली काँग्रेस मकवानपुरबाट सांसद हुनुहुन्छ ।
काँग्रेसको विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसेकेाका छन् ।