newskoseli.Com

पासाङ ल्हामु राजमार्ग बन्द

धुन्चे रसुवा, १८ वैशाख । केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।

गए राति १० बजेको समयमा ओभरलोडका कारण ना ६ ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन । कन्टेनर पन्छाउन काठमाडाैंबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए ।

धुन्चेबाट काठमाडौँ जाने र काठमाडौँबाट केरुङतर्फ जाने सयौँ सवारीसाधन रोकिएर बसेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर