
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
बुधबार ३ देखि साढे ३ बजेसम्म संसदमा भएको मतदानमा जम्मा ५ सय ७३ सांसदले मतदान गरे, जसमध्ये दाहालले ३ सय ६३ मत प्राप्त गरे भने २ सय १० मत उनको विपक्षमा परे ।
संसदमा तत्काल कायम रहेको ५ सय ९५ सांसद सङ्ख्यामध्ये ३ सय ६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओनसरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिइन् ।
यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए ।
संसदको अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्नेगरी बुधबारको बैठक सकिएको छ ।