newskoseli.Com

मकालु एयरको विमान दुर्घटना,
चालक र सहचालक घाइते

बिहीबार दिउँसो मकालु एयरको बिमान हुम्लामा दुर्घटनाग्रस्त भएको छ । हुम्लाको सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडान भरेको नाइनएन एएलडी कलसाइनको बिमान सिमिकोटको एक खोला नजिकै दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माले बताए अनुसार बिमानमा चालक (पाइलट) सांगे लामा र सहचालक (कोपाइलट) प्रशान्त शाह मात्रै थिए, उनीहरू घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बिमानको इन्जिनमा खराबी आएपछि ‘फोर्स ल्यान्डिङ’ गराउने प्रयास गर्दैगर्दा दुर्घटना भएको बताइएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर