newskoseli.Com

‘सरकारीमा तलब खाने, छोराछोरी निजीमा पढाउँने ?’

अखिल (क्रान्तिकारी) पाल्पाका अध्यक्ष राजकुमार पन्थीले सरकारी विद्यालयमा पढाउने र सरकारी तलब खाने शिक्षक–कर्मचारीले आफ्नै छोराछोरी सरकारी विद्यालयमा नपढाउँदा सरकारी विद्यालयको गुणस्तर खस्कँदै गएको बताएका छन् ।

सरकारी शिक्षक–कर्मचारीले निजी विद्यालयमा लगानी नरोकेसम्म शिक्षाको सम्मान हुन नसक्ने पन्थीको धारणा छ । उनले बताए देशको मुहार फेर्ने विद्यार्थीहरुलाई सरकारले हचुवाको भरमा ल्याएको गे्रडिङ प्रणालीले झन् अन्योलमा पारेको र लाखौं विद्यार्थी उच्चशिक्षा अध्ययनबाट वञ्चित भएको समेत बताए ।

अखिल (क्रान्तिकारी) शौभाग्य उच्च मावि इकाई कमिटी चिदप्पानी पाल्पाले २०७२ को एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्न बिहीबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष पन्थीले सो कुरा बताएका हुन् ।
उनले सम्मानित तथा नवआगन्तुक विद्यार्थीलाई उच्च शिक्षामा सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापा, प्रधानध्यापक गोविन्दप्रसाद नेउपाने, गाविस कार्यालय सहायक नवराज पन्थी, शिक्षक प्रतिनिधि शिवप्रसाद नेपाललगायतले यसखाले सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययनका निम्ति ऊर्जा मिल्ने बताए ।

विद्यालबाट उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थी फूलमाया दिशासहित ८५ विद्यार्थीलाई सम्मान र कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीलाई स्वागत गरिएको जानकारी इकाई अध्यक्ष माधव ढकालले दिए ।

सम्मानित विद्यार्थी फूलमाया दिशा, अनिता सुनारी, श्रीराम बश्याल, मिलन कुँवरलगायतले (क्रान्तिकारी) को सम्मानले उच्चशिक्षा अध्ययन गर्न र राम्रो नतिजा ल्याउन मार्गदर्शन मिलेको बताए । इकाई अध्यक्ष ढकालको सभापतित्व, सागर आलेको स्वागत र सचिव विकास काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर