त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७२ माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष ९२०७१० को (शोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षाफल प्रकाशित गरेको छ ।
सञ्चालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले १ लाख ४० हजार १ सय ६७ क्रमाङ्कका परीक्षार्थीलाई दुई वर्षका लागि (२०७२ को परीक्षासम्म) त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको समेत कार्यालयले जनाएको छ ।