newskoseli.Com

परिणाममुखी वार्ता खोजेकाे मधेसकेन्द्रित नेताहरुकाे भनाइ

विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताए ।

उनले भने, “सरकारले मोर्चालाई वार्तामा बोलाउने तर अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ ।” नेता कर्णले मोर्चाले यही वैशाख १५ गतेदेखि दोस्रो चरणको आन्दोलन थालेको र सरकारले यसको सुनुवाइ नगरे देशभर आन्दोलनलाई चर्काइने चेतावनी दिए ।

उनले कमल थापाको संयोजकत्वको उच्चस्तरीय राजनीतिक समितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा गए मधेस केन्द्रित दल पनि जाने बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सरकार भूकम्पको पुनःनिर्माणदेखि सरकार सञ्चालनमा असफल भएको आरोप लगाए । उनले भने, “भूकम्पपीडित जनताका लागि जुटाइएको पैसा हिनामिना गर्न सर्वदलीय बैठक बोलाएर सरकारले नाटक गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर