newskoseli.Com

जहाँ पुग्यो त्यहीं ‘लभ’ गर्नेहरूले धोका दिए : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन् ।

संसदमा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले भने– “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेसमा पुग्यो त्यहीँ ‘लभ’ गर्ने, पहाडमा गयो त्यहीँ ‘लभ’ गर्ने, गतवर्ष मसँग पनि ‘लभ’ गरे तर धोका दिए ।”

जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृतिका सन्दर्भमा शनिबार राजधानीमा नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो) ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविच्छिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम (लभ) गर्नेहरुसँगको सङ्गतका कारण आफू सरकारबाट बाहिरिनु परेको टिप्पणी गरे ।

आप्सोका अध्यक्ष समेत रहेका अध्यक्ष ओलीले साना स्वार्थले मानवजातिको विकासको बाटो लिन नहुने भन्दै विश्वलाई शस्त्रास्त्रमुक्त पार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी वैद्यले विकिरणहरुको प्रयोग र दुरुपयोगका कारण खाद्यान्नमा पनि नकारात्मक असर पर्ने बताइन् ।

आप्सोका कार्यबाहक अध्यक्ष हिरण्यलाल श्रेष्ठले हिरोसिमा र नागासाकीमा एटम बम हमला मानवीय संवेदनामाथिको ठूलो प्रहारको घटना भएकाले त्यस्ता घटनाको जति निन्दा गरे पनि अपुग हुने उल्लेख गरे ।

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा एटम बम आक्रमण गर्दा ४० हजारको निधन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर