newskoseli.Com

कानुन व्यवसायीको निर्वाचनमा मत बदर

सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये २ मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ ।

बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा २ मत बदर भएको निर्वाचन अधिकृत रामकुमार यादवले सुनाएपछि उपस्थित सबै अचम्ममा परेका थिए ।उनले १ जना मतदाताको मतपत्रमा चिह्न लगाउने कोठामा नभई उम्मेदवारको नाममै चिह्न लगाएको र अर्काे मतदाताले मतपत्रमा अध्यक्षमा चिह्न नलगाई दुवै पक्षका उम्मेदवारको सबै कोठामा चिह्न लगाएकाले मत बदर भएको अवगत गराए ।

निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा रामप्रसाद चौधरी, उपाध्यक्षमा कामेश्वर यादव, सचिवमा उदितनारायण यादव र कोषाध्यक्षमा दिगम्बर यादव निर्वाचित भएका छन् ।

सप्तरीका कानुन व्यवसायी तथा जिल्ला बार एसोसिएसनका निर्वतमान अध्यक्ष कृपानारायण यादव भन्छन्–“समाजमा विद्वान्को रुपमा परिचित कानुन व्यवसायीको चुनावमा मत बदर हुनु लजास्पद कुरा हो ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर