newskoseli.Com

शैक्षिक विकृति रोक्न केन्द्रीत हुनेँछु : खड्का

यही साउन २३ गतेबाट सुरु हुन लागेको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको चहलपहल बढ्नुको साथै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेविसंघले बताएकोछ ।

महाधिवेशनमा करीब ३४ सय प्रतिनिधि सभागी नेवि संघले जनाएकोछ । पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते दिउसो १ बजे भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।

नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दुई प्रतिस्पर्धी मनोजमणि आचार्य र नैनसिंह महर चर्चाको शिखरमा छन् रहर गरेर उम्मेदवारी दिने झण्डै दर्जन नेताहरू रहेका छन । तर पनि मनोजमणि र नैनसिंह बिच कडा प्रतिष्पर्धा हुने समग्र नेविसंघको ठम्याइ छ ।

बाहिरी जिल्लाका स्थानीय सभापतिहरूले पनि केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी हक–हितका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार, कटिबद्ध, नेतृत्व हाक्न सक्ने स्पस्ट खाका भएका सिन्धुलीका युवा नेता तथा जिल्ला सभापति उत्पल खड्काले प्रदेश नं. ३ बाट महाधिवेशनमा केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गराई सकेका छन्।

विगत १४/१५ वर्षदेखि बिद्यार्थी राजनीतिमा निरन्तर सेवा गर्दै आएका खड्काले शैक्षिक क्षेत्रमा भएको बिकृती, विसङ्गती तथा माफियाकरणको विरुद्धमा खवरदारी गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सहयोग र मत पाए ने.वि. संघ र विद्यार्थीहरू गर्व गर्ने नेतृत्व गरेर देखाउने उनले बताएका छन् ।

‘शिक्षालाई हरेक वर्ग, समुदाय र क्षेत्रसम्म पहुँच पुर्‍याउन सक्नु नै आजको आवश्यकता हो । राज्यले प्राविधिक र प्रयोगात्मक शिक्षालाई जोड दिएर समान शिक्षाको अवधारणा ल्याउनुपर्छ ।’ उनले बताए ।

अबको ने.बि.संघ. को आन्दोलन शैक्षिक क्षेत्रको सुधारमा विषेश जोड दिँदै मातृ पार्टीको नेतृत्वमा ल्याई नयाँ संविधानलाई कार्यान्वयनमा दबाब दिने सबल नेतृत्वको खाँचो रहेको खड्काले उल्लेख गर्दै । आफू  नेतृत्वमा आए सबै कुराको हल गर्ने विचार व्यक्त गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर