newskoseli.Com

अस्ट्रियाको राजधानी भियना अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम

अस्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका निम्ति स्थायी नेपाली प्रतिनिधिको नियुक्तिले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सन् १९८० प्रारम्भ भएको पहिलो दिन नै स्थापना भएको राष्ट्रसङ्घीय उक्त कार्यालयमा मुलुकको स्थायी प्रतिनिधित्व ३६ वर्षपछि हुनुले संयुक्त राष्ट्रसङ्घ र उक्त विश्व संस्थामा आबद्ध विशिष्टीकृत निकायसँगको नेपालको सम्पर्क र सम्बन्ध अझ कूटनीतिक सक्रियता बढ्नेमा मुलुकवासी आश्वस्त भएका छन् ।

विसं २०१२ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको नेपालले राष्ट्रसङ्घीय प्रधान कार्यालय र जेनेभास्थित राष्ट्रसङ्घीय कार्यालयका निम्ति मात्र स्थायी प्रतिनिधिको व्यवस्था गरेको थियो । भियना र केन्याको राजधानी नैरोबीस्थित राष्ट्रसङ्घीय कार्यालयमा नेपालको स्थायी नियोग स्थापना भएको थिएन ।
भियनामा पनि शीघ्र स्थायी नेपाली नियोग स्थापना गरेर प्रभावकारी ढङ्गले कूटनीति सञ्चालन गर्न सोमबार राष्ट्राध्यक्षबाट परराष्ट्र सेवाका वरिष्ठ अधिकृत प्रकाशकुमार सुवेदीलाई स्थायी प्रतिनिधिमा नियुक्ति भएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको सक्रियता बढ्नेछ ।

राष्ट्रको प्रतिनिधित्व गर्दै आगामी ४  सातासम्ममा भियना पुग्ने स्थायी प्रतिनिधि सुवेदीले मुलुकको परिवर्तित सन्दर्भ र बदलिँदो विश्व परिवेशमा नेपालको कूटनीतिक कौशल र अभ्यासलाई परिपक्वताका साथ प्रस्तुत गर्दै त्यसलाई राष्ट्रमुखी बनाउने आशा आम नेपालीले गरेका छन् ।

गैरकूटनीतिक क्षेत्रबाट राजदूत एवम् स्थायी प्रतिनिधि नियुक्त हुने राजनीतिक निर्णयले अस्तव्यस्त प्रायः बनेको राष्ट्रको कूटनीति सञ्चालन अब फेरि सुदृढ र सबल बन्ने विश्वास पनि गर्न सकिन्छ । न्यूयोर्क, जेनेभा र भियनामा कूटनीतिक सेवाका अधिकारीहरू रहेकाले जनतामा त्यस्तो आशा पलाएको हो ।
भियनामा निकट भविष्यमा स्थापना हुने स्थायी नेपाली नियोगले त्यहाँस्थित राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी, लागू पदार्थ तथा अपराध नियन्त्रण, बाह्य ब्रह्माण्ड, सम्पत्ति शुद्धीकरण, हुलाक व्यवस्थापन, सूचना सेवा, वातावरणीय कार्यक्रम अन्तर्राष्ट्रिय निकायसँग निकट सम्पर्कमा रहेर काम गर्नुपर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर