newskoseli.Com

सांस्कृतिक क्रान्ति विश्वकम्युनिस्ट आन्दोलनकै पथप्रदर्शक : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सांस्कृतिक क्रान्तिलाई चीनको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनकै रुपमा बुझ्नुपर्ने भन्दै यो संसारभरकै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउने पथप्रर्दशक भएको बताएका छन् ।

चिनियाँ सांस्कृतिक क्रान्तिको ५०औं वर्षगाँठ मनाउन मालेमा अध्ययन केन्द्र, बुटवल (०४९) द्वारा आयोजतित कार्यक्रममा ‘चीनको महान् सर्वहारा क्रान्ति र वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा त्यसको महत्व’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री सिंहले उक्त कुरा बताएका हुन् ।

20160808_130202 20160808_142232 20160808_143105 20160808_144638 20160808_150131 20160808_150723 20160808_151633 20160808_160245

कार्यक्रममा बुटवलका लेखक एवं बुद्धिजीवीहरुले नेपालमा सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताएका छन् । मार्क्सवादी सौन्दर्यचिन्तक एवं लेखक दिल साहनीले कम्युनिस्ट विचार, चिन्तन एवं अध्ययन–संस्कृति कमजोर भएकाले नेपालमा सांस्कृतिक आन्दोलन कमजोर भएको भन्दै नयाँ जनवादी क्रान्तिका लागि वर्गीय आन्दोलनसँगै सांस्कृतिक आन्दोलनलाई पनि अगाडि बढाउनुपर्ने बताए ।

साहनीले सांस्कृतिक क्रान्ति विशुद्ध बौद्धिक आन्दोलन मात्रै नभएर वर्गीय आन्दोलन पनि भएको बताए । बुद्धिजीवी एवं मार्क्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति निरन्तर क्रान्तिको प्रारम्भिक र अन्तर्राष्ट्रिय रुप भएको भन्दै नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताए ।

त्यसैगरी नेकपा माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी शरद ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा वर्गपतन भएकाले सांस्कृतिक आन्दोलन कमजोर भएको भन्दै एकीकृत जनक्रान्तिमार्फत सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न हुने बताए ।

कार्यक्रममा पुष्पलाल विचार मञ्चका अध्यक्ष देवेन्द्र घिमिरे, राष्ट्रिय जनमोर्चाका नेता पुरुषोत्तम कँडेल, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष प्रदीप प्रधान, नेपाल बुद्धिजीवी संगठनका सचिव लेखनाथ भण्डारी, संस्कृतिविद् झपेन्द्र जीसी, पत्रकारद्वय बालकृष्ण चापागाईं र ऋषि आजाद, चेतनाथ आचार्य, साहित्यकार खोमा तरामु मगर लगायतले आ–आफ्नो धारणा राखे ।

मालेमा अध्ययन केन्द्र, बुटवलका अध्यक्ष आरसी चापागाईंको अध्यक्षता, कमला गौतमको स्वागत र बिनबहादुर कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर