newskoseli.Com

अन्तर्राष्ट्रिय मजदुर दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

१२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस  अाज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् ।  ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो ।

नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको भएपनि यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर