newskoseli.Com

अब सुदूरपश्चिम मागेर होइन, खोसेर लिन चाहन्छ !

सधैं माग्ने स्थानमा रहेको सुदूरपश्चिम पछिल्लो समय माग्ने होइन्, बराबर हिस्सा खोज्ने र नपाए खोसेरै लिने अभ्यास गरिरहेको छ । विगतमा विकास होस् या राजनीतिमा– सधैं नै माग्ने स्थानमा रहेका कारण सुदूरपश्चिममा विकासले द्रुत गति लिन नसकेको भन्दै त्यस क्षेत्रका नेताहरूमा अहिले सोचाइ बदलिँदै गएको छ ।

अहिले सुदूरपश्चिममा जन्मिएका शेरबहादर देउवा देशकै सबैभन्दा पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसका सभापति छन् । अछाममा जन्मिएका भीम रावल नेकपा (एमाले) को केन्द्रीय राजनीतिमा प्रभाव जमाउँदैछन् । लोकेन्द्रबहादुर चन्द, दिलेन्द्रप्रसाद बडु, लेखराज भट्ट, रमेश लेखक, एनपी साउद, शरदसिंह भण्डारी (चन्द माओवादीका) लगायत धेरै नेताहरु अहिले मुलुकको केन्द्रीय राजनीतिका उपल्लो भूमिकामा छन् ।

यीलगायत धेरै नेताहरु जे–जसरी भए पनि अहिले राष्ट्रिय राजनीतिसँगै सुदूरपश्चिमको विकासमा समेत समान हिस्सा खोजिरहेका छन् । यसैको प्रभाव वा निरन्तरता भनौं, नेपालका ‘मेनस्ट्रिम’ पार्टीसम्बद्ध सहायक वा जनवर्गीय संगठनमा पनि सो क्षेत्रका नेताहरुको उदाउने र फस्टाउने क्रम जारी छ ।

साउन २३ देखि सुरु भएको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पनि सुदूरपश्चिमका विद्यार्थी नेताहरुले गरेको स्वाभाविक दावीले अब सुदूरपश्चिम ‘माग्ने होइन, खोसेरै लिने’ हैसियतमा उठिसकेको प्रतिप्रतिबिम्बित भइरहेको छ ।

नेविसंघको नेतृत्वमा पहिले पनि सुदूरपश्चिमको प्रतिनिधित्व नभएको होइन । तर, ९ वर्षपछि हुन लागेको महाधिवेशनमा सुदूरपश्चिमको उपस्थितिलाई धेरैले सामान्य प्रतिनिधित्व मात्र नभर्इ सो क्षेत्रले माग्ने होइन, खोसेरै अधिकार लिने अभ्यासका रुपमा ‘सांकेतिक’ अर्थमा बुझ्न थालेका छन् ।

अहिले नेविसंघको नेतृत्वका लागि दर्जनबढी नेताहरु आकांक्षी छन् तर त्यसमा सुदूरपश्चिमको उपस्थिति पनि रोचक छ । यतिबेला पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाको समूहबाट सुदूरपश्चिमकै नैनसिंह महर र पौडेल पक्षबाट क्षितिज भण्डारी सभापतिका लागि प्रबल दावेदार छन् र आक्रामक ढंगले प्रचारमा जुटिरहेका छन् ।

उपाध्यक्षमा सुदूरपश्चिमकै चर्चित विद्यार्थी नेता राजन कुँवर, उपाध्यक्षको उम्मेदवारका रूपमा समावेशीमा (दलित तर्फका)  इन्जिनियर डम्मर सुनार, महामन्त्रीमा पुष्प शाही दावी गरिरहेका छन् । सहमहामन्त्रीमा लक्ष्मण शाही, कृष्णबहादुर कुँवर, समावेशी (जनजाती तर्फका) सहमहामन्त्रीमा विनय लामा र दलित कोटामा तपेन्द्र भुसालले दावी गरिरहेका छन् ।

सदस्यमा भने २ दर्जनभन्दा बढीले दावी गरिरहेका छन् । उनीहरुमध्ये धेरैले विकासका मुद्दा र राजनीतिमा पनि सुदूरपश्चिमलाई दोस्रो दर्जाको रुपमा हेर्ने परिपाटी चिर्न आफूहरु पार्टी तथा संगठनको मुख्य भूमिकामा आउन चाहेको बताएका छन् । जनआन्दोलनताका अछाममा पहिलो पटक मसाल बोकेर राजतन्त्रको विरोध गर्ने नेता राजन कुँवर भन्छन्– ‘सुपलाई मागेपछि मात्र दिने परम्परा तोड्न यसपल्ट लडेरै संगठन हाँक्न चाहान्छौं ।’

सहमहामन्त्री पदका आकांक्षी कृष्णबहादुर कुँवर पनि अब सुदूरपश्चिम कसैको आशिर्वाद लिने मागेर हैसियतमा पुग्ने पक्षमा आफूहरू नरहेको बताउँछन् । ‘हामी पनि संगठन हाँक्न सक्षम छौं’ कुँवर भन्छन्– ‘पक्ष–विपक्षभन्दा पनि सुदूरपश्चिमको आत्मसम्मानका लागि हो हाम्रो दावी ।’

अहिले पार्टीको सर्वोच्च पदमा पनि सुदूरपश्चिमका शेरबहादुर देउवा छन् । उनको उपस्थितिका कारण प्रभावशाली ठानिएको नेविसंघमा पनि सुदूरपश्चिमको प्रभाव बलियो हुने अपेक्षा गरेका छन् । यसलाई कमजोर बनाउन विभिन्न गुटका नाममा अन्य क्षेत्रका नेताहरु संगठित रुपमा लागेको धेरै नेताहरुको बुझाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर