newskoseli.Com

माओवादी विद्यार्थी एक भए : अध्यक्षमा न्यौपाने, महासचिवमा बस्नेत

झन्डै १ दर्जन माओवादी घटकहरूबीच एकता भर्इ नेकपा (माओवादी केन्द्र) बनेको केही समयपछि सो पार्टीसम्बद्ध विद्यार्थी संगठनको पनि एकता सम्पन्न भएको छ । एकता भेलाले संगठनमा संयोजक रहेका नरेन्द्र न्यौपानेलाई अध्यक्ष र वैद्य माओवादीसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गरेर एकतामा सामेल भएका वीरेन्द्र बस्नेतलार्इ महासचिवमा चयन गरेको छ ।

सोमबार सम्पन्न पार्टीको फ्रयाक्सन तथा विद्यार्थी नेताहरूको बैठकले विद्यार्थी नेताहरूकाे जिम्मेवारी बाँडफाँट गर्दै बस्नेतलाई महासचिव तथा संगठन विभागको जिम्मेवारी प्रदान गरेको हो । जनयुद्धकालदेखि नै सिंगै परिवार पार्टी र आन्दोलनमा समर्पण गरेका बस्नेतका एक दाजु जनयुद्धमै सहिद बने भने अर्का दाजु राज्यद्वारा बेपत्ता बनाइए ।

वीरेन्द्र यसअघि वैद्य नेतृत्वको माओवादीसम्बद्ध विद्यार्थी संगठनको वरिष्ठ उपाध्यक्षका साथै सानोठिमी क्याम्पसका स्ववियु सभापति समेत हुन् । झन्डै साढे ३ वर्ष जेलजीवन बिताएका बस्नेत उपत्यकामा प्रभावशाली विद्यार्थी नेता मानिन्छन् ।

सरल, गतिशील र लडाकु स्वभावका बस्नेत यसअघि रत्न ढकालको नेतृत्वमा भएको लिपुलेक मार्चमा समेत सहभागी थिए । एकीकृत विद्यार्थी संगठनले पुस अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर