newskoseli.Com

एमाअाेवादीमा थापा उपाध्यक्ष, गुरूङ-पम्फा सचिव बन्दै

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) का महासचिव रामबहादुर थापा एमाअाेवादीसँग एकता गरी उपाध्यक्ष बन्ने भएका छन् । त्यसैगरी साेही पार्टीकी प्रवक्ता पम्फा भुसाल एमाअाेवादी सचिव बन्ने भएकी छन् ।

अध्यक्ष माेहन वैद्यकाे असहमतिका बाबजुदर महासचिव थापाले अाफ्नाे पक्षमा केन्द्रीय समितिमा बहुमत पुर्याएका छन् । र, साेही बहुमतकाे अाडमा पहिलो संविधानसभाको विघटनलगत्तै एमाओवादी विभाजित भर्इ बनेका एमाअाेवादी र क्रान्तिकारी माओावादीकाे थापा पक्षधर कित्ताबीच एकता हुने भएकाे छ । एकतापछि एकताका मूल पहलकर्ता रामबहादुर थापा एमाओवादीकाे उपाध्यक्ष हुने भएका छन् ।

थाप र उनी पक्षधरहरूले पेरिसडाडा प्रवेश गर्ने दिन उनीहरूकाे भव्य स्वागत गर्नेगरी कार्यक्रमकाे तयारी हुँदै गरेकाे बताइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डनिवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले थापालाई पार्टीभित्र तेस्रो बरियतामा उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

यथास्थितिमै एमाओवादीसँग एकता गर्न अध्यक्ष वैद्य सकारात्मक नदेखिएपछि थापा आफ्नो समूहका ९० जना केन्द्रीय सदस्य लिएर एमाओवादीसँग एकता गर्दैछन् ।

अब एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल, प्रथम उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तेस्रो वरियतामा दाेस्रा उपाध्यक्ष थापा, महासचिव कृष्णबहादुर महरा, सचिवमा देव गुरुङ र पम्फा भुसाल रहने माेटामाेटी सहमति भइसकेको एमाअाेवादीका एक नेताले न्युजकाेसेलीलार्इ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर