newskoseli.Com

चन्द माअाेवादीद्वारा अक्सफाेर्ड कलेजमाथि ‘कारबाही’

नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेवादीले नवलपरासीकाे गैंडाकाेटस्थित अक्सफाेर्ड कलेजमा अाक्रमण गरेकाे छ । शनिबार राति नेकपा माअाेवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले अाक्रमण गरी कलेजकाे झ्याल-ढाेकाका सिसाहरू ताेडेकाे हाे ।

कलेजले विद्यार्थीहरूबाट ताेकिएकाे भन्दा चर्काे शुल्क लिएकाले विद्यार्थीहरूले कारबाही गरेकाे अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले बताए । न्युजकाेसेलीसँग कुरा गर्दै सिंहले भने- ‘अक्सफाेर्ड कलेजले विगतदेखि नै विद्यार्थीहरूलार्इ मार पर्नेगरी शुल्क लिइरहेकाे छ, त्यसबारे हाम्राे संगठनले पटक-पटक सुझाव दिए पनि अटेर गरिएकाले संगठनले कारबाही गरेकाे हाे ।’

Oxford_attackअाफूले सम्बन्धन नै प्राप्त नगरेका विषय र तहमा समेत विद्यार्थीहरुलाई झुक्याएर भर्ना लिने गरेको, कलेज छेउका सुकुम्बासीहरुलाई डरधम्की दिने गरेको, सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको जस्ता ‘अनियमितता’ का कारण अाफूहरूले कलेजमाथि तोडफोड गरी ‘कारबाही’ गरेको सिंहले बताए ।

कलेजको ना १ क ३८०६ नम्बरको बसमा समेत क्रान्तिकारीले तोडफोड गरेको छ । चर्काे शुल्क असुल्ने तथा अवैधानिक तवरमा काम गर्ने कलेजमाथि अाफूहरूले विगतदेखि नै ‘कारबाही’ गर्दै अाएकाे नेकपा माअाेवादीले जनाएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर