newskoseli.Com

एमाले नेताहरू भन्छन्- वर्गसङ्घर्ष सकियाे

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नयाँ संविधान घोषणासँगै आफूहरुले उठाउँदै आएको वर्गसङ्घर्षको मुद्दा समाप्त भएको जनाएको छ । मे दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घले अाइतबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा एमालेका नेताहरुले लामो समयदेखि वर्गशत्रुको विषयमा पार्टीले कुरा उठाएको र अब वर्गसमन्वय अथवा सहअस्तित्वमार्फत देशमा आर्थिक तथा भौतिक उत्पादन वृद्धिका लागि सङ्घर्ष गर्ने बताए ।

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको र अब गरिबी निवारण तथा बिदेसिन बाध्य ४० लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने चुनौती रहेको बताए ।

पोखरेलले नेपालमा सरकारले अझै वस्तु र सेवालाई न्यायोचित र सन्तुलित ढङ्गले वितरण गर्न नसकिरहेका कारण गरिब झन् गरिब तथा धनी अझ धनी हुने अवस्था सिर्जना भइरहेकाले यसलाई परिवर्तित परिस्थिति अनुरुप पुनःव्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

जिफन्टका अध्यक्ष तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले देशमा चलिरहेको वर्गसङ्घर्ष सकिएको र अब सबै मजदुर मिलेर देशमा आर्थिक तथा उत्पादकीय क्षेत्रमा सङ्घर्ष गर्नुपर्ने बताए ।

जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायले देशमा आर्थिक उत्पादन वृद्धितर्फ राजनीतिक दलका नेताहरुको ध्यान जानुपर्ने बताए । यस अघि महासङ्घको आयोजनामा पदयात्रा भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर