newskoseli.Com

हड्ताल अवज्ञा गरेको भन्दै कलेजमाथि तोडफोडको ‘कारबाही’

नेत्रविक्रम चन्दनिकट अखिल (क्रान्तिकारी) ले सोमबार र मंगलबारका लागि आह्वान गरेको २ दिने शैक्षिक हड्तालमा जबर्जस्ती कक्षा सञ्चालन गरेको भन्दै राजधानीका ३ कलेजमाथि तोडफोड गरी आफूहरूले कारबाही गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले प्रेषित गरेको जानकारीअनुसार काठमाडौं मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले कक्षा र प्रशासन सञ्चालन गरेकाले अखिल (क्रान्तिकारी) का कार्यकर्ताले सोमबार तोडफोड गरेका हुन् ।

काठमाडौं मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सीटीर्इभीटीबाट सम्बन्धन लिएर पठनपाठन सञ्चालन गर्दै आएको छ भने वनस्थलीस्थित एसएमएस कलेजले सीटीर्इभीटीका कार्यक्रम मात्र सञ्चालन गरिरहेको छ ।

त्यसैगरी क्रान्तिकारीले जोरपाटी नारायणटारस्थित शंकरापुर एकेडेमीमाथि समेत अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुले सोमबारै तोडफोड गरेका छन् ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष पूर्णबहादुर सिंहका अनुसार कलेजले बन्दको अवज्ञा गरेकाले आफ्नो संगठनका कार्यकर्ताहरुले बन्द गराउन खोज्दा कलेजमाथि तोडफोड हुन पुगेको हो । तोडफोडका क्रममा कलेजका कम्प्युटर, फर्निचर र झ्यालका सिसा पूर्णरुपमा क्षति भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर