newskoseli.Com

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ–डा भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भने“संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।” तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा भट्टराईले भने – “कम्तीमा पनि ५  वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।”

म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उनले भने । संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उनको धारणा थियो । सञ्चारकर्मीको एक जिज्ञासमा उनले भने – “नयाँ शक्ति नेपाल सङ्गठन विस्तारकै क्रममा रहेको र आगामी ३  महिनाभित्र अहिले रहेको सदस्य सङ्ख्याको दोब्बर सङ्ख्या पुयाउने लक्ष्य राखेको छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सुनिश्चित गरेर संरक्षित र विशेष क्षेत्रहरुलाई पुरानो शैलीबाट हटाएर लैजानुपर्छ उनले भने – “विकास निर्माण र आर्थिक क्रान्ति गर्नु नै नयाँ शक्तिको मुख्य एजेन्डा हो ।”

डा भट्टराई ४ नं प्रदेशको अन्तर संवाद कार्यक्रमका लागि तनहुँ आएकाे बताइएको छ । प्रेस सोसाइटी तनहुँ शाखाका संयोजक उज्ज्वल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर