newskoseli.Com

५.५ रेक्टर स्केलको भूकम्प

जापानको फुकुसिमा प्रान्तमा सोमबार बिहान ५.५ रेक्टर स्केलको भूकम्प गएको  जापानको मौसम विज्ञान विभागले जानकारी दिएको छ ,तर  यस भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।
भूकम्प स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ः०४ बजे गएको हो।
यस भूकम्पको केन्द्रविन्दु आसपासकै इलाका रहेको र ४० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
भूकम्पबाट मानवीय एवम् भौतिक सम्पत्ती  क्षतिको  विवरण  भने प्राप्त भएको छ ैन् ।
सन् २०११ को मार्चमा जापानमा ८.८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीको कारण १९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर