newskoseli.Com

क्रान्तिकारीद्वारा ३ कलेजमाथि कारबाही

 अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गर्ने काठमाडौँका ३ वटा कलेजमाथि कारबाही गरेको जनाएको छ । अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेका अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

काठमाडौँ मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सञ्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको १ विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी शङ्करापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर