newskoseli.Com

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटना
३१ को शव निकालियो, मृतकको संख्या बढ्न सक्ने

राजधानीबाट काभ्रेको कोशीपारि कात्तिकेदेउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीको खहरेखोलामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म ३१ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भीरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।

उकालो चढ्दै गरेको बस मोडबाट पछाडि चिप्लिएर भीरबाट खसेकाले दर्जनौंको हताहती भएको आशंका गरिए पनि हालसम्म मृतक र घाइतेको पूरा विवरण आइसकेको छैन ।

एसपी राजेशनाथ बास्तोलाका अनुसार शवहरु भिरमा छरिएको र संकलन गर्ने काम भइरहेको छ । उद्दारमा खटिएका एक स्थानीयले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । ठुलो मानवीय क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोला घटनास्थल गएका छन् । दुर्घटनास्थलमा पानी परिरहेकाले उद्वारमा कठिनाइ भएकाे बताइएकाे छ ।

बसमा ८० जना जति थिए । केहि घाइतेहरूकाे हेलिकप्टरबाट काठमाडाैं लगि उपचार भइरहेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर