newskoseli.Com

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटनामा २७ को निधन, मृतकका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने

सोमबार काठमाडौंबाट काभ्रेपलाञ्चोकका कोशीपारी कात्तिकेदेउरालीतर्फ जाँदै गर्दा बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने भएको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सो घटनाका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा मृतक व्यक्तिको आत्माको चीर शान्तिको कामना र मृतक परिवारलाई दुःखद् घडीमा धैर्यधारणको क्षमता मिलोस् भन्ने कामना गर्दै मृतकका छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन पहल गर्ने जानकारी गराएकी हुन् ।

nabina
अनेरास्ववियुकी अध्यक्ष नविना लामा

बस दुर्घटनामा परी अनेरास्ववियु केन्द्रीय विदेश विभाग प्रमुख येशु लामा समेत घाइते भएकी छन् । लामाको अहिले दीर्घायु अस्पतालमा उपचार भैरहेको छ ।

सो बस दुर्घटनामा २७ को निधन भैसकेको छ भने ४३ घाइते भएका छन् । घाइतेको अहिले धुलिखेल अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, दीर्घायु अस्पताल, राष्ट्रय ट्रमा सेन्टरलगायत भिभिन्न अस्पतालमा उपचार भैरहेको छ।

काभ्रेपलाञ्चोकस्थित न्युजकोसेली संवाददाताले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त बसका चालक र सहचालकको अवस्था अझै अज्ञात छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर