newskoseli.Com

समलिङ्गीले पाए पहिचान खुल्नेगरी नागरिकता

आफूहरुको पहिचान खुल्नेगरी नागरिकता पाएपछि तेस्रो तथा समलिङ्गी उत्साहित भएका छन् । वर्षाैंदेखि आफूहरुले पहिचान खुल्नेगरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव रुपन्देहीमा गरेका छन् ।

नयाँ संविधान लागू भएपछि आफूहरुलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सहज भएको उनीहरुले बताएका छन् । उक्त समूहबाट रुपन्देहीबाट एक जनाले नागरिकता र एक जनाले पासपोर्ट लिएका छन् । अन्य ८ जनाले लिने तयारी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने यमबहादुर राना (आनिक) ले वैशाख ५ गते नागरिकतामा महिला या पुरुष लेख्नुपर्ने स्थानमा (अन्य) लेखेर प्राप्त गरेका छन् । यस्तै बुटवल उपमहानगरपालिकाका सन्तु पुन मगरले पनि पासपोर्टमा (ओ) लेखेर प्राप्त गरिन् ।

उनीहरुको क्षेत्रमा लामो सयमदेखि काम गरिरहेको संस्था ब्ल्यु डाइमन सोसाइटी रुपन्देहीका संयोजक मनिक न्यौपानेले दुई जनाले पाएपछि अन्य ८ जनाले नागरिकता लिने तयारी गरेको बताए । उनले भने– ‘नागरिकता नियमावली ६९ सालमा बने पनि संविधान जारी भएपछि प्रशासन कार्यालय रुपन्देहीले सहज रुपमा साथीलाई नागरिकता प्रदान गरेको छ, जसबाट हामी निकै उत्साही भएका छौँ ।’

रुपन्देहीमा करिब ४ हजार तेस्रोलिङ्गी तथा समलिङ्गी रहेको ब्ल्यु डाइमन सोसाइटीको अनुमान छ । तेस्रोलिङ्गीले नागरिकता लिँदा गाविस वा नगरपालिकाबाट आफूहरु महिला, पुरुष नभई तेस्रोलिङ्गी भएको सिफारिस ल्याएमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सकिने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पछिल्लो नागरिकता ऐनअनुसार प्रकिया पुर्याएर आउने जुनसुकै लिङ्गको नागरिक भए पनि आफूहरुले नागरिकता प्रदान गर्ने बताए ।

सर्वोच्च अदालतले तेस्रो लिङ्गी तथा समलिङ्गीलाई पनि नागरिकताबाट वञ्चित गर्नु नहुने आदेश सरकारलाई दिएपछि नागरिकता ऐन २०६४ केन्द्रित गर्दै नागरिकता नियमावली २०६९ लागू भएको हो । हाल जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले परिपत्र जारी गरेको छ ।

ब्ल्यु डाइमन सोसाइटीका अनुसार कास्कीबाट ५ जना र बागलुङबाट १ जनाले तेस्राे लिङ्गीकाे पहिचान खुल्नेगरी नागरिकता लिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर