newskoseli.Com

संविधान कार्यान्वयन गर्न सबै दल एक होउँ : गृहमन्त्री

गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान जारी गर्न प्रमुख दल एक भएजस्तै संविधान कार्यान्वयन गर्न पनि प्रमुख दल एक हुनुपर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले कुनै दल सरकारमा र कुनै दल प्रतिपक्षमा बस्दा लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्र बलियो बनाउनका लागि पनि प्रमुख दल एकै ठाउँमा आउनुपर्ने बताए ।

सरकार ढाल्ने विषयबारे बोल्दै उनले नेतृत्वभन्दा पनि सहमतीय सरकारका लागि एनेकपा (माओवादी) सदैव तयार रहेको धारणा राखे । सरकार नागरिकको जीउधनको सुरक्षाका लागि कटिबद्ध रहेको दाबी गर्दै गृहमन्त्री बस्नेतले सुरक्षा अवस्था चुस्तदुरुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

मधेस आन्दोलनबारे बोल्दै उनले मधेसवादी दलको धेरै माग पूरा भइसकेको हुँदा उनीहरुले मागे भन्दैमा शतप्रतिशत माग पूरा नहुने उल्लेख गरे । मधेसवादी दलले माग पूरा गराउन भनी गर्ने भनिएको ‘निर्णायक आन्दोलन’ को अब कुनै औचित्य नभएको जिकिर गृहमन्त्रीले गरे । मधेसमा अझै पनि केही समस्या रहेकाले त्यसको समाधान भने आन्दोलनबाट नभई वार्ता र छलफलबाट मात्रै सम्भव भएको पनि उनको भनाइ थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर