newskoseli.Com

बस दुर्घटनाका सबै मृतकको सनाखत

खोटाङ, १ वैशाख ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङका १५, उदयपुरका सात, सोलुखुम्बुका दुई र बाराका एक जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा खोटाङ डिकुवा–६ का ३८ वर्षीय मेजर राई, खार्मी–५ की ५० वर्षीया मित्रकुमारी राई, च्यास्मिटार–३ का १८ वर्षीय रवीन राई र ४८ वर्षीय खम्बशेर राई, च्यास्मिटार–८ का २४ वर्षीय सुरेन्द्र राई, बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुष्मा राई, दिक्तेल नगरपालिका–१४ का १८ वर्षीय सन्तोष कटवाल, बाक्सिला–७ का २६ वर्षीय प्रदीप राई, दिप्सुङ–९ का ४७ वर्षीय गोविन्द तिम्सिना, खार्ताम्छा–८ का २३ वर्षीय सइकुमार राई, राखावाङ्देल–९ की ३२ वर्षीया लक्ष्मी राई, याम्खा–७ का ६० वर्षीय भैरव राई र निर्मलीडाँडा–३ की ३५ वर्षीया विमला राईको सनाखत भएको छ । यस्तै हाल खोटाङ बाकाचोल–४ बस्ने सोलुखुम्बु सोताङ घर भएकी २८ वर्षीया दिलकुमारी राई, उदयपुर थानागाउँ–१ का ५१ वर्षीय नीरबहादुर कार्की, थानागाउँ–२ का २५ वर्षीय मनोज सुनुवार, र ३५ वर्षीय होमबहादुर सुनुवार, बाँसबोटे–३ का १८ वर्षीय युवराज राई, रुपाटार–३ का १८ वर्षीय भाजुनारायण श्रेष्ठ, ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई र उनका दुई वर्षीय छोरा ओमश्री, सोलु पञ्चन–१ का २२ वर्षीय सोम सुन्दास र बस चालक बारा निजगढका ३८ वर्षीय अर्जुन उप्रेती छन् ।

तिनको शव जिल्ला अस्पतालमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

शव गाउँसम्म पु-याउनका लागि यातायात व्यवसायी सङ्घ खोटाङले ट्याक्टरको व्यवस्था गरिदिएको छ । दिक्तेलबाट बिहान ५ बजे काठमाडौंँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर प्रकृतिका २३ जनालाई तत्कालै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । अन्य आठ जनाको जिल्लास्थित स्थानीय स्वास्थ्य संस्था

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर